
एजेन्सी–फ्रान्सेली कंपनी आल्सटामले अमेरिकामा सरकारी अफिसरलाई घूसदिने विषयमा लगभग ४८ अर्ब जरिवाना दिन तयार भएको छ ।
त्यहाको न्याय मन्त्रालयले कम्पनीलाई घुस दिएको विषयमा मुद्घा दर्ता गरेको थियो । मन्त्रालयले फ्रान्सको ठूलो कंपनीलाई इन्डोनेशिया र मिस्रमा कारोबार बढाउनकालागि सरकारी अधिकारिहरुलाई घूस दिएको आरोप लगााएको थियो ।
सो विषयमा आल्सटामले एक बयानमा जे भयो त्यसका लागि आफ्नो गहिरो दुःख रहेको बताएको छ । अमेरिकाले लगााएको घूस जरिवाना मध्य यो सबै भन्दा बढी जरिवाना रकम हो ।
मन्त्रालयका एटार्नी जनरल जेम्स कोले अरुले पनि यस्तो काम नगरुन भनेर जरिवाना लगााएको बताएका छन् ।