
दोलखा, ८ पुस–स्वदेशी लगानीको माथिल्लो तामाकोसी जलविद्युत आयोजना ‘४५६ मेगावाट’ मा स्थानीयका लागि छुट्टाइएको १० प्रतिशत सेयरका लागि जन्मदै नजन्मिएका बच्चाको समेत जन्मदर्ता गराउने गिरोह सक्रिय भएको छ ।
जन्मदर्ताकै आधारमा सेयर लगानी गर्न पाउने भएपछि बच्चाको काल्पनिक नाम राखेर जन्मदर्ता गराउनेहरु गाउँगाउँमा खटिएका छन् । अहिले सेयरका लागि जिल्लाभर तथ्यांक संकलन जारी छ ।
सहरमा बस्ने र सेयरसम्बन्धी ज्ञान हुनेहरु गाउँ आएर आफ्ना छोराछोरीको नाम भन्दै जन्मदर्ता गराइरहेका छन् । यस्ता व्यक्तिहरु सबैजसो गाउँ बिर्सिएर सहर गाएकाहरु हुन् । सेयका लागि मात्र उनीहरु गाउँ आएको स्थानीयहरु बताउँछन् ।
‘सहमा सेयरको दलाली गर्नेहरु गाउँमा समेत सक्रिय भए’, बाबरेका स्थानीय लक्ष्मण भुजेलले भने, ‘केही समयपछि जन्मििने बच्चा र गर्भ नभएकाहरुले समेत जन्मदर्ता गराइरहेका छन् । गाउँमै बस्नेहरुको त सहि तथ्यांक लिन गाह्रो भइरहेका बेला बाहिरबाट आएर मनपरी गरे ।’ उनका अनुसार यस्तो समस्या जिल्लाभर छ ।
कारोबार दैनिकबाट