
एजेन्सी– बलिउड चर्चित अभिनेत्री मनीषा कोइराला पछिल्लो समय ठूलो पर्दाबाट हराएकि छिन् । दुई वर्ष यता क्यान्सरको पिडाबाट गुिज्रएकाले उनी ठूलो पर्दाबाट हराएकी हुन् ।
तर अब उनी क्यान्सर पिडित रहिनन् । मनिषाले आफ्ना फ्यानहरुलाई आफु क्यान्सरबाट मुक्त भएको बताएकी छन् ।
यसै क्रममा मनीषा पछिल्लो समय एक अवार्ड सो मा देखिएकी छन् । सो मा बेस्ट एक्टरको अवार्ड प्रियंका चोपडाले जितेता पनि सबैको नजरमा उनी परेकी थिइन् । सो का खास पाहुना अमिताभ बच्चन र अभिषेक बच्चनले मनीषाको खुलेर प्रशंसा गरेका थिए ।
हाल मनिसाले आफ्नो पुरानो लयमा फर्कनका लागि धेरै मेहनत गरिरहेकि छन् । उनले डान्स क्लास देखि जिममा पसिना बगााइरहेकी छन् ।
मनिषा ९० को दशककी टप हिरोइन् हुन् । उनले बलिउडको साथ–साथै नेपाली, तमिल जस्ता फिलिम खेलिसकेकी छन् ।
मनिषाले आफ्नो बलिउड यात्रा सौदागरबाट शुरु रेकी थिइन्, जुन फिल्म हिट सेत भएको थियो । यस बाहेक उनले गुप्त, अकेले हम अकेले तुम, अग्नि साक्षी लगााएतका हिट फिल्ममा आफ्नो अभिनय गरिसकेकी छन् ।