
एजेन्सी–गुगल सर्चमा पहिलो स्थानमा रहेकी पोर्न स्टार सन्नी लियोनले प्रधानमन्त्री नरेन्द्र मोदी र सलमान खानका बारेमा प्रशंसा गरेकी छन् ।
चर्चामा मोदीभन्दा केही मात्र पछाडि रहेकी सन्नी गुगल सर्चमा भने सलमान र मोदीभन्दा पनि अगाडि छिन् ।
एक इन्टरनेट पत्रिकासँगको कुराकानीमा सन्नीले भनिन्, ‘मोदिले देशमा यस्तो माहोल ल्याउनुपर्छ कि एनआरआइले सजिलैसंग व्यापार गर्न सकोस् ।’
जब उनलाई मोदीको बारेमा सोधियो तब उनले भनिन्, ‘मोदीसँग मेरो धेरै आशा छ कि उनले मेरो र मेरा श्रीमान् जैस एनआरआइका लागि व्यापार गर्न सजिलो पारिदिनेछन् ।’
भारतका फिल्म स्टार सलमान खानका बारेमा उनले भनिन् कि, ‘म उनकै कारण आज यहाँ छु, म सलमान् खानसंग काम गर्न चाहन्छु, मलाई विश्वाश छ एकदिन मेरो सपना पूरा हुनेछ । तबसम्म म सलमानको फिल्म हेरेरै काम चलाउनेछु ।’