
एजेन्सी, ४ पुस– जेनिफर लोपेजका शब्दमा, उनी लभ एडिक्ट हुन् । डान्सरका रुपमा चिनिन पाउँदा बढी खुसी हुने यी अमेरिकी नायिका/गायिका प्रेम सम्बन्धमा आफूलाई सहज पाउने गछिन् । यो अर्कै कुरा हो, प्रत्येक सम्बन्ध उनका लागि तीतो इतिहास बन्ने गरेको छ ।
‘मैले डिभोर्स झेलिसकेकी छु’, ४५ वर्षेले एउटा अमेरिकी पत्रिकासँग भनेकी छन्, ‘विश्वका अरु युवतीलाई झैं मलाई पनि चिट गरिएको छ । त्यसैले तपाईं मप्रति सहानुभूति राख्नुहुन्छ । मेरो भावना बुझ्नुहुन्छ ।’
कोरियाग्राफर/डान्सर कइासप्र स्मर्टसँगको अढाइवर्षे रिलेसनसिपतिर संकेत गर्दै उनले भनिन्, ‘जीवनमा एकपल्ट मैले आफूभन्दा कान्छो केटासँग पनि डेटिङ गरें । मलाई थाहा छ त्यो पनि एक किसिमको आकर्षण थियो ।’
क्यास्पर जेनिफरभन्दा २० वर्ष कान्छा हुन् । दुवै ६ महिनाअघि छुट्टिए । त्यसयता जेनिफर सिंगल छिन् । उनलाई लाग्छ महिलाले आफूभन्दा बढी उमेरका पुरुषसँगमात्रै अफेयर चलाउनु पर्छ भन्ने छैन । ‘ती उहिलेका कुरालाई खुइल्याउन जरुरी छ’ उनले भनिन, ‘अहिले हामी महिला अर्कै पोजिसनमा पुगिसकेका छौं ।
उमेर बढ्दै गए पनि चाहना मरेको हुन्न । त्यसैंले हामी आफूभन्दा साना केटाहरुसँग सम्बन्ध गाँस्न सक्छौं । यो ठूलो कुरा हैन ।
कान्तिपुर दैनिकबाट