
एजेन्सी– तपाईले मन पराउनु भएकी प्रिय अभिनेत्रीको एक किस लिन कति खर्च गर्न सक्नु हुन्छ ? प्रश्न अनौठो भएपनि एक जना व्यक्तिले अमेरिकामा त्यसकालागि २३ लाख नेपाली रुपीया खर्च गरेका छन् ।
एउटा च्यारिटेबल कार्यक्रमका क्रममा एक जना टेलिभिजन अभिनेत्रीसँग किस गर्न उनले त्यति पैसा खर्च गरेका हुन् ।
अमेरिकन टेलिभिजन अभिनेत्री डिएना अग्रोन एउटा सोशल नेटवर्किङ साइटको १० औं बार्षिकोत्सबका अबसरमा पाहुनाका रुपमा उपस्थित थिइन ।
उक्त कार्यक्रममा डिएनाले एउटा च्यारिटेबल इभेन्टमा भाग लिनु पर्ने थियो । त्यस इभेन्टमा उनलाई किस गर्नका लागि बोली लगाइयो । एक हजार डलरबाट शुरु गरिएको बोली २३ हजार डलरमा गएर टुंङियो ।
२३ हजार डलर तिर्ने ती व्यक्तिले उनको प्रशंसक भएको भन्दै डियनालाई किस गरे । कार्यक्रम सञ्चालकहरुले उक्त रकम युद्ध प्रभावित बच्चाहरुका लागि खर्च गर्ने बताएका छन् ।