नेपाली कामदारले पाए २८ लाख डलर क्षतिपूर्ति

काठमाण्डु टुडे २०७१ पुष २ गते ११:०० मा प्रकाशित

एजेन्सी–अमेरिकाको न्यूयोर्कमा दुई नेपाली कामदारले २८ लाख डलर क्षतिपूर्ति पाउने भएका छन् । न्यूयोर्कस्थित एक ठेकेदार कम्पनीसँग आबद्घ भएर निर्माण कार्य गर्ने क्रममा दुर्घटनामा परेका मुस्ताङका दोर्जे गुरुङ र धिर्मे गुरुङले नौ बार्षपछि सो क्षतिपूर्ति पाउने भएका हुन् ।

index
अमेरिकामा एक भवन निर्माणका क्रममा उनीहरु सन् २००५ जुनमा अन्दाजी २० फिट माथिबाट खसेका थिए । उनीहरु कम्पनीले क्षति पूर्तिको व्यबस्था नगरेपछि  हालसम्म कानुन लड्दै आइरहेका थिए ।
निर्माणाधीन भवनको बिमा कम्पनीले २८ लाख डलर क्षतिपूर्ति दिने  भएपछि सो मुद्दा किनारा लागेको अमेरिकाबाट संचालित साइट विश्वन्युजले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us