
एजेन्सी–पटक पटक चर्चामा आइरहने बलिउडका चर्चित कलाकार रणबीर कपुर र कट्रिना कैफ अन्ततः सम्बन्धमा बाधिने भएका छन् ।
नयाँ वर्षको अवर पारेर उनीहरुको प्रेम सम्बन्धमा जोडिने भएको हो । भारतीय संचारमाध्यमले जनाएअनुसार उनीहरुले नयाँ बर्षमा इन्जेगमेन्ट गर्ने सम्भावना रहेको छ ।
सन् २०१५ को सुरुवातमै उनीहरुको इन्जेगमेन्ट भएतापनि उनीहरुको विवाह भने एक वर्षपछि मात्र हुने बुझिएको छ । इन्जेगमेन्टका लागि परिवारबाट जोडतोडका साथ तयारी भइरहेको जनाइएको छ ।