पूरा हुने भो शाहरुखसँग रोमान्स गर्ने माहिराको रहर

काठमाण्डु टुडे २०७१ पुष २ गते ४:४२ मा प्रकाशित

एजेन्सी– पाकिस्तानी माहिरा खानले आफ्नो मनपर्ने अभिनेता शाहरुख खानसँग रोमान्स गर्न पाउने मौका मिलेको छ । उनले फिल्म ‘राइस’मा शाहरुखकी श्रीमतीको भूमिका निभाउँदै छिन् । टाइम्स अफ इन्डियामा छापिएको एउटा खवरअनुसार माहिरा यस फिल्ममा शाहरुखको पत्नीको भूमिकामा अभिनय गर्दैछिन् ।

mahira khan

माहिराको छनोटपछि शाहरुख आफै उनीसँग भेट्न आएका थिए भने भेटपछि उनले धन्यवाद दिएकी थिइन । यसभन्दा अगाडि माहिराले ठूलो पर्दामा शाहरुखसँग रोमान्टिक भूमिका निर्वाह गर्न मन लागेको बिबिसीलाई बताएकी थिइन् ।

फरहान अख्तरको निर्माणमा बन्न लागेको यस फिल्मको निर्देशन राहुल ढोलकियाले गर्दैछन् । फिल्ममा शाहरुखको डबल रोल रहेको छ ।
माहिरा टिभी सिरियल ‘हमसफर’बाट चर्चामा आएकी हुन् । उनले पाकिस्तानी फिल्म ‘बोल’बाट आफ्नो अभिनययात्रा सुरु गरेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us