
एजेन्सी– चर्चित टेलिभिजन कार्यक्रम बिग बोसकी प्रतिद्वन्द्वी डिआड्रा सोरेसले आफू गर्भवती भएको भन्ने खबर झुटो भएको बताएकी छन् ।
उक्त कार्यक्रम छाडेपछि उनले एक अंग्रेजी पत्रिकालाई अन्तर्वार्ता दिँदै ‘किस गर्दैमा कोही पनि गर्भवती नहुने’ बताएकी हुन् ।
अन्तर्वार्तामा उनले किस गर्दैमा पेटमा बच्चा नआउने र त्यसका लागि सेक्स गर्नुपर्ने बताएकी छन् ।
कार्यक्रममा डिआड्रा अभिनेता गौतम गुलाटीबच एक अर्कालाइ चुम्बन गरेको दृश्य बाहिर आएको थियो ।
पछिल्लो साता डिआड्राको स्वास्थ्य खराब भएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।
उनले कार्यक्रमबाट बिदा लिएसँगै सञ्चार माध्यममा उनी गर्भवती रहेको समाचारहरु आएका थिए ।