
एजेन्सी– टाइटनिक स्टार लियोनार्दो डि क्याप्रियोको सातौं प्रेम सम्बन्ध पनि टुटेको छ ।
उनी पछिल्लो समय आफूभन्दा १८ वर्ष कान्छी जर्मन मोडल टोनी गार्नसँग प्रेममा थिए ।
लियोनार्दो म्यामीस्थित एक नाइट क्लबमा २० महिलासँग शुक्रबारे पार्टीमा सहभागी भएको खुलासा भएपछि टोनीले उनलाई छाडेकी हुन् । त्यस क्रममा उनी र एक महिला लामो समय हराएका थिए ।
उनले पटकपटक आफ्ना महिला साथीहरुलाई रात्रि पार्टी दिँदै आएका छन् ।
गत जुनमा पनि आफ्ना ५० बढी महिला साथीलाई त्यस्तै पार्टी दिएका कारण उनीहरुबीचको प्रेम सम्बन्धमा खटपट आएको थियो । लियोनार्दो महिलाहरुको सम्बन्धका कारण बारम्बार चर्चामा आउने गरेका छन् ।
चाख लाख्दो विषय त के छ भने यसअघिका सबै ६ वटै प्रमिकाले पनि अरु केटीसँग हिमचिम बढाएको भन्दै उनको साथ छाडेका थिए ।