
काठमाण्डु, २९ मंसिर– नेपालका लागि बेलायती राजदूत एण्डी स्पाक्र्स स्वदेश फर्किएका छन् ।
धर्म परिवर्तनका पक्षमा खुलमखुला वकालत गरेर विवादमा तानिएका उनी छुट्टी लिएर सोमबार बेलायत गएका हुन् ।
यसअघि आइतबार मात्र प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूत स्पाक्र्ससँग स्पष्टीकरण सोध्न निर्देशन दिएका थिए ।
परराष्ट्र मन्त्रालयले स्पष्टीकरणका लागि बोलाउने तयारी गरिरहेका बेला उनी सुटुक्क बेलायत गएका हुन् ।
राजदूत स्पाक्र्सले केही दिनअघि एक दैनिक पत्रिकामार्फत सभासदहरुलाई सम्बोधन गर्दै नयाँ बन्ने संविधानमा धर्म परिवर्तनलाई कानुनी अधिकारका रुपमा स्वीकार गर्न अपिल गरेका थिए ।