दक्षिण अफ्रिकन युवती भइन् विश्व सुन्दरी

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ४:३० मा प्रकाशित

miss worldएजेन्सी–दक्षिण अफ्रिकी सुन्दरी रेलेन स्ट्राउस मिस वल्र्ड घोषित भएकी छन् ।

लण्डनको एक्सेलमा भएको मिस वल्र्ड–२०१४ को अन्तिम प्रतियोगितामा विश्वभरबाट सहभागी १ सय २० प्रतियोगीलाई पछि पार्दै उनले मिस वल्र्डको ताज पहिरिएकी हुन् ।

२२ वर्षीया लोरेन चिकित्सा शास्त्रकी विद्यार्थी हुन् । हंगेरीकी ईडिना कुल्सार फस्ट रनर अप र संयुक्त राज्य अमेरिकाकी एलिजाबेथ सर्फिट सेकेन्ड रनर अप भइन् ।

उनीसहित इंग्ल्याण्ड, अस्ट्रेलिया, हंगेरी, अमेरिकाका सुन्दरी अन्तिम पाँचमा परेका छन् ।
प्रतियोगितामा सहभागी नेपालकी सुबिन लिम्बू भने पच्चीस नम्बरमा पनि अटाउन सकिनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us