
काठमाण्डु, २९ मंसिर– उनी बलिउडकी सबैभन्दा फेसनेबल अभिनेत्री मानिन्छिन् । उनको फेसनको चर्चा भारतमा मात्र सीमित छैन । विश्वका अनेक मुलुकमा उनको पहिरनको प्रसंग निक्लने गर्छ ।
यसैले, सोनम कपुरबारे कुरा उनी अनिल कपुरकी छोरी हुन् भनेर मात्रै हुने गर्दैन् ।
बलिउडको मूलधारमा आएको ७ वर्ष भइसके पनि कुनै प्रशंसा पाउन नसकेकी यी २९ वर्षे कुरा भने साना गर्दिनन् । उनका अनुसार, उनी अचेल सिंगल नै छिन् । भन्छिन्, ‘सोचेजस्तो मिस्टर राइट फेला परेको छैन ।’
बिहेबारे सोधिएको प्रश्नमा उनको उत्तर छ, ‘त्यसका लागि अझै निकै समय बाँकी छ । म सिंगल रहनुमै खुसी छु । एकलमै अन्योलग्रस्त छु, मलाई कस्तो केटा चाहिने हो भन्नेमा । खोजेकोजस्तो अझै भेटेको छैन ।’
कान्तिपुर दैनिकबाट