काठमाण्डु, २८ मंसिर– चर्चित भारतीय कमेडियन कपिल शर्माले पशुपतिनाथको शर्दन गरेका छन् ।
उनले पशुपतिनाथको दर्शन गर्न पाउँदा आफूले भाश्यशाली ठानेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत कपिलले त्यस्तो बताएका हुन् । एनसेलको आयोजनामा शनिबार काठमाण्डुमा हुने भनिएको ‘पर्पल फेष्ट’ नामक शो हुन स्थगित भएको थाहा पाएर पनि उनी नेपाल आएका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा आएर शुक्रबार कार्यक्रम रद्द गर्न आयोजकलाई निर्देशन दिएको थियो । उनले कार्यक्रम स्थगित भएकामा आफू दु:खी भएको बताएका हुन् ।
पशुपतिनाथको दर्शन गरेर कपिल आइतबारै दिल्ली फर्केका छन् ।