भिरबाट चिप्लेर प्रहरी जवानको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते १२:५३ मा प्रकाशित

गोरखा, २८ मंसिर–जिल्लाको उहियाँ–१ स्थित भिरमा चिप्लेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

उहियाँ गाविसको गाउँ परिषद्मा सहभागी भएर शनिबार साँझ गुम्दाको माछाखोला प्रहरी चौकीतर्फ फर्कदै गर्दा लमजुङ चिती गाविस–७ घर भएका २८ वर्षीय प्रहरी जवान अच्यूत अवाल भिरबाट लडेका थिए ।

भिरबाट करिब ४० मिटर तल खसेर गम्भीर घाइते भएका प्रज अवाललाई खाइतबार बिहान मात्रै प्रहरीले फेला पारेको थियो । बेहोस अवस्थामा भिरमा भेटिएका उनको उद्धारका लागि आज दुईपटक हेलिकोप्टर उहियाँ गएको थियो ।गाउँ परिषदमा सहभागी हुन प्रहरी जवान अवालसहित अन्य ६ प्रहरीहरु पनि गएका थिए ।

त्यसैगरी आगामी माघ ८ गते संविधान जारी गर्न पुस ८ गते केन्द्रले संविधानसभा भवन छेउमा प्रदर्शन गर्ने र जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us