
एजेन्सी– बलिउड अभिनेत्री श्वेता बशु प्रसादले ‘सेक्स’ र यौन शब्द प्रयोगमा विशेष ख्याल गर्नुपर्ने आग्रह गरेकी छन् ।
उनले ती शब्दले मानिसमा उत्तेजना पैदा गराउने भएकाले प्रयोगमा विशेष ख्याल गर्नुपर्ने बताइन् । उनी यौन व्यवसायमा लागेको अरोपमा पक्राउ परेकी थिइन् ।
उनीमाथि लागेको आरोप खारेज गर्दै अदालतले केही समयअघि मात्र उनलाई सफाइ दिएको थियो । उनले सञ्चार माध्यमले सेक्स र यौन शब्दको अर्थ नबुझी प्रचार गर्ने गरेको आरोप लगाइन् ।
‘सेक्स र यौन जस्ता शब्दले मानिसलाई उत्तेजित बनाउँछ’, उनले सञ्चारकर्मीसँग भनिन्, ‘यो शब्द प्रयोग गर्दा अरुमाथि कस्तो चोट पर्छ भन्ने नजानेर मिडियाले पनि प्रयोग गर्ने गरेका छन् ।
यौन व्यवसायमा संलग्न रहेको आरोपमा उनी केही महिनाअघि हैदरावादस्थित एक होटलबाट पक्राउ परेकी थिइन् ।