
सिरहा, २८ मंसिर–वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सिरहाका एक कामदार युवकको मृत्यु भएको छ ।
सिरहा औरही –५ का करिब ३८ वर्षीय महादेव साहको मृत्यु भएको हो । ज्वरो आए पनि कम्पनीले काममा लगाउँदा बेहोस भएर शौचालय जाँदा दुई दिन अगाडि उनको मृत्यु भएको उनका भाइ गणेशले बताए ।