समग्र मधेस एक प्रदेश : उपेन्द्र यादव

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ७:२३ मा प्रकाशित

upendra_yadav

 

काठमाण्डु, २७ मंसिर – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समग्र मधेस एक प्रदेश हुनुपर्ने अडान राखेका छन् । मधेशमा भएको आन्दोलन एक प्रदेशकै लागि भएको समेत जनाएका छन् ।
यादवद्धारा जारी गरिएको विज्ञप्तिमा उनले सत्तामा जानको लागि मधेशी जनतालाई भ¥याङ् नबनाउन समेत चेतावनी दिएका छन् ।

 

‘मधेसी जनअधिकार फोरम, नेपाललाई षड्यन्त्रपूर्ण ढंगले सत्ता र धन प्राप्तिका लागि विभाजित गरी गठन भएका दलहरु र पछि मधेशका नाममा खोलिएका र विभाजित भएका अन्य दलहरुका अवसरवादी, भ्रष्टाचारी एवं सत्तालोलुप नेतृत्व वर्गले मधेशीको त्याग, तपस्या, बलिदान र संघर्षबाट प्राप्त उपलब्धिहरुलाई सरकारमा जानका लागि वा सत्ता प्राप्तिका लागि समाप्त पार्ने घृणित खेलमा लागेका छन् ।’

 

जारी विज्ञप्तिमा भनिएको छ ‘संविधान निर्माणको वर्तमान परिवेशमा मधेशी जनतका मुद्दालाई सत्तामा जाने भ¥याङ्गको रुपमा मात्र उपयोग गर्नु, शासक वर्गको चाकडी गर्नु भनेको देश र जनतालाई धोखा दिनु र शहीदहरुलाई अपमान गर्नु नै हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us