छोरालाई सात भाषा सिकाउँदैछिन् साकिरा

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते १०:३१ मा प्रकाशित

एजेन्सी–विश्वकप फुटवलमा ‘वाका वाका ए ए…’ भन्ने गित गाएकी कोलोम्बियन पप स्टार साकिराले आफ्नो २२ महिनाको छोरालाई सात भाषा सिकाइरहेकी अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

Sakira
उनका पति स्पेनका फुटबलर गेरार्ड पिक पनि छोरा मिलानलाई धेरै भाषा सिकाउन मद्दत गरिरहेका छन्। छोरालाई धेरै भाषाको ज्ञान दिन उनीहरूले स्पेनिस, क्याटलन, अंग्रेजी, रसियन, चिनियाँ, जर्मन र फ्रेन्च भाषा छोरालाई सिकाइरहेका छन्।

साकिराले तीन वर्षभन्दा पहिले बच्चाहरुले धेरै भाषा सिक्न सक्ने भएकाले छोरालाई बहुभाषी बनाउन धेरै भाषा सिकाएको बताइन्। यो जोडीले दोस्रो सन्तान जन्माउँदै छ।

कोलोम्बियन पप स्टार साकिराले आफ्ना २२ महिनाका छोरालाई सात ओटा भाषा सिकाइरहेकी छिन्।

उनका पति स्पेनका फुटबलर गेरार्ड पिक पनि छोरा मिलानलाई धेरै भाषा सिकाउन मद्दत गरिरहेका छन्। छोरालाई धेरै भाषाको ज्ञान दिन उनीहरूले स्पेनिस, क्याटलन, अंग्रेजी, रसियन, चिनियाँ, जर्मन र फ्रेन्च भाषा छोरालाई सिकाइरहेका छन्।

साकिराले तीन वर्षभन्दा पहिले बच्चाहरुले धेरै भाषा सिक्न सक्ने भएकाले छोरालाई बहुभाषी बनाउन धेरै भाषा सिकाएको बताइन्। यो जोडीले दोस्रो सन्तान जन्माउँदै छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us