कोइरालाले प्रचण्डलाई भने कसैलाई भड्काएर समस्या समाधान हुदैन

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ९:४५ मा प्रकाशित

 

काठमाण्डु, २७ मंसिर– प्रधानमन्त्री सुशिल कोइरालाले प्रचण्डलार्ई कुनै पनि पक्षलाई भड्काएर समस्याको समाधान नहुने भन्दै सहमती मार्फत लेनदेन गर्न सुझाएका छन् ।

Koilala

‘मैले एमाओवादीका अध्यक्ष प्रचण्डलाई पनि कुनै पक्षलाई भड्काएर समस्याको समाधान हुँदैन भनेको छु, सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता मुख्य विवादित विषयमा गम्भीरताका साथ दलहरुबीच वार्ता भएकाले सहमति हुनेमा म विश्वस्त छु’, प्रधानमन्त्री कोइरालाले भने ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको साताँै वार्षिक साधारणसभाको शनिवार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सो धारणा राखेका हुन् ।

उनले कुनै पक्षलाई भड्काएर समस्याको समाधान नहुने भन्दै अरुलाई पनि जिम्मेवार नेताहरुलाई भड्काउने काम नगर्न आग्रह गरेका छन् ।

‘सबै आफूले भनेको कुरा हुन्छ भन्ने छैन, सहमति भनेको लेनदेन हो, सङ्क्रमणकाललाई लम्ब्याएर स्वार्थ पूरा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि लेनदेनका आधारमा सहमतिमा पुग्नै पर्छ, मुलुकको विकासको ढोका खोल्नुपर्छ’, प्रधानमन्त्री कोइरालाले थपे ।

कोइरालाले मुख्य राजनीतिक दलहरु बीच हुदै गरेको छलफलबाट सहमती हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

माओवादी लडाकुको समायोजन सफल भएको भन्दै प्रधानमन्त्रीले लेनदेनका आधारमा सहमतिमा पुग्न सकिने बताए ।

उहाँले नेपालमा लगानीको वातावरणको ढोका खुलेकाले यो अवसरलाई उपयोग गर्दै शिक्षा, स्वास्थ्य, विकास र निर्माणका कामलाई तीव्रता दिनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री कोइरालाले अन्य अस्पतालको तुलनामा बिपी स्मृति अस्पताललाई सहयोग गर्ने विश्वास दिलाउँदै छोटो अवधिमा अस्पतालले प्रगति गरेको भन्दै ढाडस दिन पनि पछि परेनन् ।

सात वर्ष अघि ३९ जना सेयर सदस्यबाट सुरु भएको सो अस्पतालमा अहिले चार सय ५ सेयर सदस्य पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us