काठमाण्डु, २७ मंसिर– उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यस्थितिबारे शनिवार जानकारी लिएका छन् ।
बिहान अस्पताल पुगी उपप्रधानमन्त्री सिंहले जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएको र उनको उपचार खर्च सरकारले व्यहोर्नेसम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबारे अवगत गराएको उपप्रधानमन्त्री सिंहका सञ्चार संयोजक युपी लामिछानेले बताए काठमाण्डु टुडेलाई बताए ।
निमोनियाको आशङ्कामा गत साता भर्ना भएका जोशीको स्वास्थ्य सुधारोन्मुख रहको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
यसैबीच उपप्रधानमन्त्री सिंहले शनिवार नै मस्तिष्कको ट्युमरको शल्यक्रिया गराई माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत पत्रकार सूर्यकुमार क्षेत्रीको अवस्थाबारे पनि जानकारी लिइएका छन् ।