चालकको आन्दोलनले यात्रु मर्कामा

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ७:५२ मा प्रकाशित

कञ्चनपुर, २७ मंसिर–सार्वजनिक सवारी साधनका चालकहरु सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा गएपछि कञ्चनपुरका यात्रु मर्कामा परेका छन् ।

DE19-CWG_BUS_PARKI_1724956f

चालकलाई हदैसम्मको कार्बाही गर्ने कानुनी प्रावधान लागू गरिएको बिरोधमा यहाँका सार्वजनिक सवारी साधनका चालक आन्दोलमा उत्रियका हुन् ।

शुक्रबारदेखि सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका चालकले आज पनि आन्दोलनलाई जारी राखेका छन् । सडकमा फाट्टफुट्ट रुपमा मात्रै सवारीका साधन सञ्चालन हँुदा यात्रुले हैरानी खेप्नुपरेको छ ।

दुर्घटनामा चालकलाई मात्रै दोषी देखाइनु र शैक्षिक योग्यताको मापदण्ड तोकिने कार्य फिर्ता नहँुदासम्म आन्दोलन जारी रहने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कञ्चनपुरका अध्यक्ष गणेशनाथ योगीले बताए ।

महाकाली सेती बस व्यवसायी समिति र पवनदूत बस व्यवसायी समितिमा आबद्ध चालक आन्दोलनमा गएपछि लामो र छोटो दूरीका सवारी साधन चालकलाई आज छलफलका लागि बोलाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us