पोलिटव्युरो छान्न एमालेमा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ७:४२ मा प्रकाशित

madhav-oli1

काठमाण्डु, २७ मंसिर– एमाले केन्द्रीय निर्वाचन आयोगले पोलिटव्यूरो निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीको नवौं महाधिवेशनबाट एकताका साथ अघि बढने बताए पनि पक्ष र विपक्षमा विभक्त भएका अध्यक्ष केपी शर्मा ओली र बरिष्ट नेता माधव कुमार नेपालकाबीच शुक्रवार कुरा मिले पछि निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको हो ।
निर्वाचन कसरी गर्ने भन्ने विषयमा नेताहरुबीच कुरा मिले पनि सहमतीको प्रयास भन्दै दुबै नेता अहिले छलफलमा जुटेको बल्खु कार्यालयले जनाएको छ ।
दुवै नेताको छलफल सकिए लगत्तै पार्टीको केन्द्रीय समिति वैठक पनि बस्ने बताईएको छ । एमालेमा हुन लागेको चुनावले १६ पदाधिकारी पदेन सदस्य र २३ पूर्ण सदस्य हुने प्रावधान छ भने १५ वैकल्पिक पोलिटव्यूरो सदस्य रहने सचिव प्रदिप ज्ञवालीले काठमाण्डु टुडेलाई बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us