नेपाल प्रहरीका एसपीको रहस्यमय मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ६:२६ मा प्रकाशित

कास्की, २७ मंसिर– नेपाल प्रहरीका एक एसपीको रहस्यमय मृत्यु भएको छ ।

प्रहरीको सशस्त्र दंगा नियन्त्रण गण पोखराका तालिम केन्द्र प्रमुख एसपी भोजराज ओझाको शनिबार बिहान निधन भएको हो ।

बिरामी भएपछि उपचारका लागि मणिपाल अस्पताल लगिएकामा उनको उपचारका क्रममा अस्पतालमै निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत नायब उपरीक्षक केदार रजौरेले हस्पताल पुर्‍याएलगत्तै चिकित्सकले ओझालाई मृत घोषणा गरेको जानकारी दिए ।
उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us