निर्वाचनमा गए बैठक बहिस्कार गर्ने तयारीमा माधव नेपाल

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते १:५५ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– नेकपा एमालेमा आज पोलिट्ब्युरो चयन हुने भएको छ । आज दिउँसो बस्ने एमाले केन्द्रीय समितिको बैठकले पोलिट्ब्युरोको टुंगो लगाउने जानकारी सचिव योगेश भट्टराईले दिए ।

kp- madhav

एमालेमा अध्यक्ष ओली र नेता माधवकुमार पक्षबीचमा लामो समयदेखि पोलिट्ब्युरोका चयनमा विवाद देखिएको थियो । यसअघि नै पोलिट्ब्युरो सदस्यको उमेदवार हुन् एक कार्यकाल केन्द्रीय सदस्य वा बैकल्पिक सदस्य भएको हुनुपर्ने मापदन्ड तय भइसकेको छ ।

आजको बैठकमा अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालले पोलिट्ब्युरोका नाम पेश गर्ने एमालेले जनाएको छ ।

सहमतिमा पोलिट्ब्युरो छन्न नसके निर्वाचनको प्रक्रियामा गएर भए पनि टुङ्ग्याउनु पर्ने तयारीमा ओली पक्ष रहेको छ भने सहमति छोडेर मतदानमा गए बैठक बहिस्कार गर्ने माधव पक्षको तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us