लौ हेर्नुस् बाल यौनदुव्र्यवहारको डर लाग्दो तथ्य

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ११:३६ मा प्रकाशित

rapeeकाठमाण्डु, २६ मंसिर– बलात्कारका घटनामा वृद्धि भइरहेका बेला हालै मात्र बालयौन दुव्र्यवहरसम्बन्धी एक डरलाग्दो तथ्याङक सार्वजनिक भएको छ ।

गतिशिल युवा मञ्च बुद्धनगका युवाहरुले थालेको कालोटोपी अभियानले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्डु उपत्यकाभित्र मात्र ४५ प्रतिशत बालबालिका कुनै न कुनै यौन दुव्र्यवहारमा पर्ने गरेका छन् ।

उपत्यकाबाहिर ३३ प्रतिशत बालबालिका त्यस्तो दुव्र्यवहारको शिकार हुने गरेको तथ्याङ्ले औंल्याएको छ । तथ्याङ्कमा ५६.८ प्रतिशत घरेलु श्रमिकका रुपमा कार्यरत बालबालिकाले यौन दुव्र्यबहार सहनु गरेको उल्लेख छ ।

१३ प्रतिशत बालक र १५ प्रतिशत बालिका छोएर गरिने दुव्र्यवहारमा परेको जनाइएको छ । अध्ययनका क्रममा ३५ प्रतिशत बालक र २० प्रतिशत बालबालिकाले आफूलाई जबरजस्ती नग्न तस्वीरहरु देखाएर दुव्र्यहार गरिएको बताएका छन् ।

यस्तै छिमेकी र अपरिचित व्यक्तिहरुबाट ४० दशमलब ४ प्रतिशत बालबालिका यौन दुव्र्यवहारमा पर्ने गरेका छन् । ११ वर्ष मुनिका १२ दशमलब ३ प्रतशित बालिका र ७ दशमलब १ प्रतशित बालक नातेदारहरुबाटै दुव्र्यवहारमा पर्ने गरेको तथ्याङ्कमा छ ।

आफ्नै परिवारका सदस्यबाट २४ प्रतिशत बालिका बलात्कारमा पर्ने गरेको देखाइएको छ । महिनामा ८० जनाभन्दा बढी यौन दुव्र्यवहारका घटना हुने गरेकामा ५० प्रतिशत बढी बालकालिका नै पीडित हुने गरेको पाइएको छ ।

यौन दुव्र्यवहारका ४९ प्रतिशत घटनामा मात्र प्रहरी समक्ष पुग्ने गरेको बताइएको छ । अभियानले नेपाल प्रहरी, सेभ दि चिल्ड्रेन र युनिसेफलगायत बालअधिकारका क्षेत्रमा क्रियासिल संघसंस्थाको तथ्याङ्कका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

कतिपय घटनाहरु लाज र सामिजिक इज्जत जाने भय तथा कतिपय डर र धम्कीका कारण घटना लुकाउने गरिएको अभियानले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us