शाहले ल्याए ‘कुरुक्षेत्र’

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ११:३८ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– मध्यम वर्गको भोगाइ तथा मध्यपश्चिमीे जीवनलाई निजामती आँखाबाट हेर्दै गरेका कथाकार अमर शाहको कथा संग्रह ‘कुरुक्षेत्र’ शुक्रवार सार्वजनिक भएको छ ।

Amar Shah
कार्यक्रममा साहित्यकार तथा समीक्षक अमर गिरी तथा नयनराज पाण्डेले कथासंग्रहको विषयमा टिप्पणी गरेका थिए ।
मधुपर्कमा वि.स. २०३३ सालमा कविता छापिएदेखि साहित्यमा सक्रिय रहेका शाहको पहिलो कथा संग्रह ‘आदियुग’ ०४५ मा सार्वजनिक भैसकेको छ ।
याम्बुरी बुक प्वाइन्टले बजारमा ल्याएको उनको कथा संग्रहमा २२ कथा छन् । पेशाले पशु चिकित्सक रहेका उनी हाल कृषि विकास मन्त्रालयको हिमाली विकास आयोजनाका निर्देशक हुन् ।
जागिरे जीवनको क्रममा आफुले देखे भोगेको सामाजिक यथार्थलाई कथामा समेटेको शाहले काठमाण्डु टुडेलाई बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us