दशगजा मिचेर एसएसबी भवन

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते १०:१७ मा प्रकाशित

परासी, २६ मंसिर–नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय एसएसबीले दशगजा क्षेत्र मिचेर आफ्नो भवन निर्माण गरेको छ ।

एसएसबीले नवलपरासीको सिमाना महेशपुर नाकामा दशगजा क्षेत्रमा तीन मि मिचेर एसएसबी क्याम्पको भवन निर्माण गरेको हो ।

यसबारे पटक पटक नेपाली प्रशासनले भारतीय एसएसबीलाई जानकारी गराए पनि भारतीय एसएसबीले यसप्रति बेवास्ता गरेको बताइएको छ । एसएसबीले दशगजा क्षेत्र मिचेर भवन बनाएपछि अब नेपाल र भारतको दूरी करिब १५ मिटर मात्र बाँकी छ  ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us