आठ महिनादेखि औषधि छैन अस्पतालमा

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते ३:२० मा प्रकाशित

मोरङ, २६ मंसिर– स्वास्थ्य मन्त्रालयले नि:शुल्क औषधि खरिदका लागि बजेट निकासा नगर्दा कोसी अञ्चल अस्पताल विराटनगरले आठ महिनादेखि सर्वसाधारणका लागि वितरण गरिने नि:शुल्क औषधि उपलब्ध गराउन सकेको छैन ।

मन्त्रालयले नि:शुल्क औषधिका लागि एक करोड ५८ लाख रुपैयाँ निकासा नगर्दा औषधि वितरण गर्न नसकिएको मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रोशन पोखरेलले बताए ।

अस्पतालको सामाजिक सेवा इकाईले प्रत्येक वर्ष विपन्न वर्गलाई औषधि वितरण गर्नेगर्छ । तर, सकिएको आठ महिना बितिसक्दा पनि गत वर्षको औषधिको बक्यौता ठेक्केदार कम्पनीलाई तिर्न नसक्दा औषधि आयात हुन नसकेको पोखरेलको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us