प्रहरीद्वारा विद्यार्थीलाई लक्षित गरी जनचेतना अभियान

काठमाण्डु टुडे २०७१ मंसिर २६ गते २:४६ मा प्रकाशित

पर्सा, २६ मंसिर– जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सेवालाई प्रभावकारी र नागरिक मैत्री बनाउन विद्यार्थीका लागि लक्षित गरी जनचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

पर्सा, २६ मंसिर– जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सेवालाई प्रभावकारी र नागरिक मैत्री बनाउन विद्यार्थीका लागि लक्षित गरी जनचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

विशेषगरी समाजमा भइरहने अपराधका घटनालाई केन्द्रमा राखेर यहाँका सामुदायिक विद्यालयका मावि तथा उच्चमावि तहका विद्यार्थीका लागि लक्षित गरी अभियान चलाएको हो ।

अभियानअन्तर्गत लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा रोकथाम, घरेलु तथा लैंगिक हिंसा, बालविवाह, बहुविवाह, मानव बेचबिखनविरुद्ध चेतनाका साथै ट्राफिक नियम र चिन्ह, प्रहरी र जनताबीचको सम्बन्ध र सुरक्षासँग सम्बन्धित विषयमा विद्यार्थीलाई प्रशिक्षण दिइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

युएनडिपीको सहयोगमा उक्त अभियान पर्सामा सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । विद्यार्थीलाई यस्ता विषयमा जानकारी गराउँदा समाजमा अपराध नियन्त्रण गर्न सजिलो हुने भएकाले अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us