
काठमाण्डु, २५ मंसिर– नेपाल प्रहरीका एसएसपी रमेश खरेल प्रहरीका डिआईजीहरु एआईजी बढुवाका लागि पैसाको ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउँछन् भन्ने विवादास्पद अभिव्यक्ति दिएका कारण कारबाहीमा परे ।
उनीमाथि प्रहरी संगठनको मर्यादा नाघेको भन्दै प्रधान कार्यालयले खरेलसँग गत जेठमा स्पष्टीकरण मागेको थियो ।
सोही प्रकरणमा उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डुको प्रमुखबाट हेर्डक्वाटर तानिएको थियो ।
त्यसपछि ६ महिना बिदा लिएर देश विदेश घुमेका खरेल अहिले भरतपुर तालिम केन्द्रमा छन् ।
प्रधामन्त्री सुशील कोइरालाले बिहीबार एउटा कार्यक्रममा खरेलकै जस्तो अभिव्यक्ति दिएका छन् ।
प्रहरी वरिष्ठ अधिकारीहरुको भेलालाई प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीमा सरुवा बढुवा र भर्तीमा आर्थिक चलखेल हुने गरेको बताए ।