
काठमाण्डु, २५ मंसिर– सरकारले बढ्दो सवारी दुर्घटनाको कारण र समाधान खोज्न कार्यदल गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
समितिमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक, गृह र कानुन मन्त्रालयका सह–सचिव सदस्य तथा यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव छन् ।
कानुन मन्त्री नरहरि आचार्यका अनुसार समितिलाई दुर्घटनाको कारण र समाधानको उपाय समेटिएको प्रतिवेदन तीन चरणमा बुझाउन भनिएको छ ।
यस्तै बैठकले संशोधित सवारी चालक अनुमतिपत्र नियमावली अनुमोदन गरेको छ ।
उक्त नियमावली पारित भएपछि सवारी चालक अनुमतिपत्र लिन कम्तिमा १० कक्षा पास गरेको हुनुपर्नेछ ।