श्रीमतीलाई खुकुरीले काटेर श्रीमानद्वारा विष सेवन

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते १५:०३ मा प्रकाशित

सिन्धुपाल्चोक, २५ मंसिर– सिन्धुपाल्चोकको मार्मिङ–८ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

५२ वर्षीय मंगल थामीले ३९ वर्षीया श्रीमती आइतमायालाई दुई दिनअघि कुखुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए ।

गम्भीर घाइते आइतमायाको समयमा उपचार नपाउँदा गएराति निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालयमा घटनाका सम्बन्धमा उजुरी आएको प्रहरी निरीक्षक राजकुमार थापाले बताए ।

स्थानीयको सूचनाका आधारमा गाउँनजिकै जङ्गलबाट बिहीबार मंगललाई पक्राउ गरिएको थापाले जानकारी दिए । श्रीमतीलाई घाइते बनाएर जंगल पसेका उनले विष सेवन गरेको पाइएको छ । उनको प्रहरीको निगरानीमा बाह्रबिसेस्थित क्रिस्टन अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us