अर्कै पुरुषससँग सम्बन्ध बढाएको भन्दै प्रेमिकाको हत्या

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते १४:५५ मा प्रकाशित

नुवाकोट, २५ मंसिर– आफूलाई छाडेर अर्कै पुरुषसँग हिमचिम बढाएको भन्दै युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ ।

नुवाकोटको गणेशस्थान गाविस– ४ का २५ वर्षीय अजय ढकालले प्रेमिका गोरखा थालाचुङ– ९ की २३ वर्षीया रिता गुरुङको मंगलबार  सुनखानीमा हत्या गरेका थिए ।

राष्टिन्य अनुसन्धान विभागमा कार्यरत गुरुङलाई घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर छहरे–टोखा सडक खण्ड नजिकै सुनखानी गाविसको चापे वनमा घाँटी थिचेर हत्या गरेका थिए ।

बुधबार पक्राउ परेका उनले आफूलाई छाडेर अर्कै पुरुषसँग प्रेम सम्बन्ध बढाएकाले आफूले गुरुङको हत्या गरेको स्वीकार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us