
काठमाण्डु, २५ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले प्रहरी संगठनभित्र हुने गरेको आर्थिक चलखेल बन्द गर्न निर्देशन दिएका हुन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ अधिकारीहरुको दुई दिने सम्मेलनको उदघाटन गर्दै उनले ठूलठूला आर्थिक चलखेल हुने गरेका कारण प्रहरीप्रतिको जनविश्वास घटेको भन्दै चिन्ता व्यक्त गरे ।
आर्थिक चलखेल छाडेर जनताको सुरक्षा गर्ने मुल जिम्मेवारीप्रति गम्भीर हुन निर्देशन दिए । खास गरी सरुवा र बढुवामा आर्थिक लेनदेन हुने गरेको उनको भनाइ थियो ।
‘प्रहरीभित्र सरुवा र बढुवामा आर्थिक चलखेल हुन्छ भन्ने सुनेको छु’, प्रधानमन्त्रीले भने, ‘यस्ते चलखेल रोकेर जनताको जिउधनको सुरक्षा गर्ने काममा लाग्नुस् ।’
सम्मेलनमा ७५ जना वरिष्ठ प्रहरी अधिकारीको सहभागिता रहेको प्रधान कार्यालयले जनाएको छ ।