श्रीमतीलाई भारु ५० हजारमा बेचेपछि….

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते १३:०५ मा प्रकाशित

इलाम, २५ मंसिर–जिल्ला अदालत इलामले आफ्नै श्रीमतीलाई भारतमा बिक्री गर्ने एक जनालाई २० वर्षको कैद सजाय सुनाएको छ ।

इलाम सुलुबुङ–१ का वीरेन्द्र देउसाली राईलाई जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले २० वर्षको कैद सजाय सुनाएको हो ।

उनले इलाम सोयाङकी एक युवतीलाई नक्कली बिहे गरी लामो समयसम्म यौन शोषणपछि भारतको सिक्कमस्थित तादुङ गाउँमा ५० हजारमा बेचेका थिए ।

आफू बेचिएको भेउ पाएपछि गत १६ असोजमा भागेर नेपाल आएकी ती युवतीले उनीविरुद्ध २८ असोजमा मुद्धा हालेकी थिइन् । राईलाई प्रहरीले १३ कात्तिकमा घरबाटै पक्राउ परेका थिए ।
पीडित महिलाले आफू दुईपटकसम्म गर्भवती भएको र जबर्जस्ती गर्भपतन गराइएको बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us