सडकबाट संविधान ल्याउने वैद्यको चेतावनी

काठमाण्डु टुडे २०७१ मंसिर २५ गते ९:४६ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर- संविधान सभाको दोस्रो निर्वाचन बहिष्कार गरेको मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले सडकबाट जन संविधान जारी गर्ने चेतावनी दिएको छ । संविधानसभाले पूरानै ढाँचाको संविधान ल्याउन लागेको र त्यसले समस्या समाधान नगर्ने भन्दै बैद्यले जनआन्दोलनबाट जनसंविधान ल्याउने बचेतावनी दिएका हुन् ।

mohan-baidya

बिहीबार पार्टी कार्यालयमा बैद्यले ‘जनवादी संघीय गणतन्त्रको संविधान’ ल्याउने र त्यसको बैद्धता जनआन्दोलबाट प्राप्त गर्ने भन्दै जनआन्दोलबाट गठन हुने जनसभाले संविधानलाई बैद्धता प्रदान गर्ने जनाए ।

नेकपा-माओवादीले आफ्नो संविधानको खाका समेत प्रस्ताव गरेको छ । सर्वपक्षीय राजनीतिक सभा दलहरु तयार नभएकाले अब जनआन्दोलनबाट संविधान जारी गरिने बैद्यको भनाई थियो ।

माओवादीले ल्याएको संविधानको खाकामा १४ प्रदेश, एक सदनात्मक व्यवस्था, आदिवासी, जनजाति, महिला, मधेसी र अन्य सिमान्तकृतलाई १० वर्षको विशेष अधिकार प्रदान गरिने प्रस्ताव गरिएको छ । सिमान्तकृत वर्गले राज्यसत्ताको अभ्यास गर्न पाउने गरी प्रस्ताव गरिएको बैद्यले जानकारी दिए । १८ वर्ष उमेर पुगेका नागरिकलाई सैनिक तालिमको प्रावधान समेत माओवादीको प्रस्तावमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us