काठमाण्डु, २४ मंसिर– चलचित्र निर्माता नारायण खतिवडाको रहस्यमय मृत्यु भएको छ ।
खतिवडा बागबजारस्थित होटल हार्दिकमा बुधबार साँझ मृत फेला परेका हुन् ।
मंगलबार कोठा नम्बर १०३ मा बसेका उनले बुधबार अबेरसम्म ढोका नखोलेपछि होटल व्यवस्थापनले प्रहरीमा खबर गरेको थियो ।
महानगरीय प्रहरी बृत्त कमलपोखरीका नायब उपरीक्षक विनोद सिलवालका अनुसार ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए ।
चितवन स्थायी घर भएका खतिवडाले चलचित्र भेटी र लफडा निर्माण गरेका थिए ।
प्रिवारका मानिसहरु चितवनबाट आएपछि शव जिम्मा लगाउने तयारी भइरहेको प्रहरलिे जनाएको छ ।
(