
लन्डन– नेपालका तर्फबाट मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन लागेकी
मिस नेपाल सुबिन लिम्बूले आफ्ना लागि भोटिङ गर्न सबै नेपालीलाई आग्रह गरेकी छन् ।
आगामी साता हुने मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन अहिले उनी लण्डनमा छिन् ।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले प्रतियोगितामा उत्कृष्ट पाँचमा आउन आफूलाई भोटिङ चाहिएको बताइन् । सुविनले नेपालीहरुको सहयोग र समर्थनबाट आफू उत्साही भएको बताइन् ।
अनलाइन भोटिङमा भने उनी उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।