
चितवन, २४ मंसिर– आफ्नै परिवारद्वारा २५ वर्षदेखि बाख्राको खोरमा थुनिएकी एक महिलाको उद्धार गरिएको छ ।
६६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस र महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर उनलाई उद्धार गरिएको हो ।
मानसिक असन्तुलन भएको आरोपमा बाख्राको खोरमा थुनिएकी भरतपुर उपमहानगरपालिका–१८ मंगलपुरकी काशीमाया तामाङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मानबहादुर विकसहित अधिकारकर्मी र सञ्चारकर्मीको टोलीले बुधबार काशीमायाको उद्धार गरेको हो ।
भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ डा. महेन्द्रराज न्यौपानेले काशीमायाको उपचार भइरहेको जानकारी दिए ।
उनका अनुसार काशीमायाको उपचार तथा खाने बस्ने लागि व्यवस्था मिलाइएको बताए । उनको अवस्थामा सुधार आउन सक्ने संकेत देखिएको न्यौपानेको भनाइ छ ।