संविधान लेख्न माग गर्दै सभासदको मोबाइलमा म्यासेज

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते १४:३९ मा प्रकाशित

mobile smsकाठमाण्डु, २४ मंसिर– नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले निर्धारित माघ ८ मै संविधान जारी गर्न दबाब दिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी अनेरास्ववियुले माघ ८ मै प्रगतिशील–लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब दिन आन्दोलन घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु अध्यक्ष किशोरविक्रम मल्लले मंसिर २६ देखि २८ गतेसम्म तीन दिन ६ सय १ सभासको मोबाइलमा दिनको तीनपटक संविधान खेलनकार्य स्मरण गराउँदै एसएमएस पठाउने जानकारी दिए ।

यस्तै मंसिर २९ देखि पुस २ गतेसम्म ७५ वटै जिल्लामा हस्ताक्षर संकलन गरेर ३ पुुसमा सभाध्यक्ष सुवास नेम्वाङमार्फत संविधानसभामा बुझाइने मल्लले बताए ।

यस्तै अनेरास्ववियुले पुस ४ देखि ७ गतेसम्म सबै ६०१ सभासदलाई समयमै संविधान लेख्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us