
काठमाण्डु, २४ मंसिर– युवतीसँग नक्कली विवाह गरी भारत लगेर बेच्ने एकजना पक्राउ परेका छन् ।
मोरङकी एक युवतीसँग नक्कली ववाह गरेर मुबम्बइको वेश्यालयमा लगेर बेच्ने ३४ वर्षीय पूर्णबहादुर मिजार पक्राउ परेका हुन् ।
उनलाई काठमाण्डुको बुढानिलकण्ठबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ ले जनाएको छ ।
साहुको घरमा काम गर्न बसेकी युतवीलाई फकाएर काठमाण्डु ल्याई विवाह गरेको र केही समयपछि ४५ हजारमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।
पुनरावेदन अदालत पाटनले २०६४ असार ११ गते मिजारलाई १० वर्ष कैद र ४५ हजार जरिवाना फैसला सुनाएको थियो ।