माधव नेपालले ओलीलाई भने, ‘एमाले तपाईंको प्राइभेट लिमिटेड हो ?’

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते १४:१२ मा प्रकाशित

kp-madhavकाठमाण्डु, २४ मंसिर– एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले स्वेच्छाचारी र निरंकुश चरित्र देखाएको भन्दै नसच्चिए उनले चर्को मूल्य चुक्ता गर्नुपर्ने चेतावनी दिएका छन् ।

केन्द्रीय समिति बैठकअघि बुधबार मुख्यालय बल्खुमा बसेको पदाधिकारी बैठकमा नेता नेपालले ओली एकलौटी र मनपरी ढंगले अघि बढेको भन्दै सच्चिन आग्रह गरेका हुन् ।

उनले पार्टी सामूहिक निर्णयको आधारमा अघि बढ्नुपर्नेमा ओलीको प्राइभेट लिमिटेडजस्तो भएको आरोप लगाए । पार्टीका मन्त्री फिर्ता गर्दा र नयाँ नियुक्त गर्दा सल्लाह नगरेको, स्थाथी समिति र पोलिट्ब्यिुरोलाई पूर्णता दिन नचाहेको भन्दै आपत्ति जनाए ।

ओलीले कार्यशैली सुधार नगरेर भिडन्त गर्ने सोचका साथ अघि बढेको भए आफू त्यसका लागि तयार रहेको उनको भनाइ थियो ।

‘पार्टी नेतृत्व निरंकुश र स्वेच्छाचारी ढंगले अघि बढेको छ’, नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भने, ‘एकलौटी ढंगले पेलेरै जान चाहेको भए भन्नुस्, म भिडन्तका लागि पनि तयारै छु ।’

पदाधिकारी बैठकपछि केहबेर बसेको केन्द्रीय समिति बैठक बिहीबार दिउँसो २ बजे पुन: बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्इ ठाकुर गैरेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us