दाङ, २४ मंसिर– दाङको घोराहीस्थित ग्लोबल आईएमई बैंकबाट लुटेराले एक लाख रुपैयाँ लुटेका छन् ।
खातामा रकम जम्मा गर्न गएका घोराही– १० का तिलक घर्तीमगरको रकम पठाउन बुधबार बैंक परिसरबाटै लुटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक अपरिचित युवकले घर्तीमगरको शरीरमा काउछोको धुर्लो छर्केर रकम लिएर भागेका थिए ।
अत्याधिक चिलाउन थालेपछि पैसाको ब्याग भुइंमा राखेर कन्याउन थालेका बेला उनको ब्याग बोकेर लुटेरा भागेको दाङ प्रहरीका नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार सिसी क्यामेरामा लुटेराको दृश्य कैद भएकाले उनी छिट्टै पक्राउ पर्ने बताए ।