महिलाहरु चुल्होचौकामै सीमित भएकामा प्रचण्ड चिन्तित

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते १३:१५ मा प्रकाशित

_MG_1552काठमाण्डु, २४ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूलो बलिदान र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धी गुम्ने खतरा बढेको बताएका छन् ।

अन्तर पार्टी महिला सञ्जालले राजधानीमा बुधबार गरेको कार्यक्रममा उनले ००७ सालको नियती दोहोरिने खतरा बढेको बताएका हुन् । उनले संघीयता र समावेशी तथा समानुपातिक प्रतिनिधित्वको अधिकार गुम्ने सम्भावना बढेको भन्दै सचेत रहन महिलाहरुलाई आग्रह गरे ।

महिलाहरु फेरि चुल्होचौकामै सीमित हुने हो कि भन्ने चिन्ता आफूलाई भएको बताए । ‘ठूलो मूल्य चुकाएर उपलब्धी घोषणा गर्ने ठाउँसम्म आइपुगे  पनि ।

समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार खोसिने र महिलाहरु फेरि  चुल्होचौकामै फर्कनुपर्ने हो कि भन्ने खतरा बढेको छ’, प्रचण्डले भने, ‘परिवर्तन ल्याउने रानजीतिक नेतृत्वलाई असफल सिद्ध गर्ने कोसिस भइरहेको छ ।’

उनले विगतमा भएका सबै आन्दोलनमा महिलाहरुको निर्णायक सहभागिता रहेको भन्दै उनीहरुका अधिकार धारासायी पर्ने षड्यन्त्र भए निर्णायक आन्दोलन हुने चेतावनी दिए ।
संघीयता नाममात्रको हुने र देश फेरि एकतात्मकता र निरंशुकतामा जाने खतरा बढेको भन्दै उनले त्यसो भए विद्रोहका लागि तयार रहन महिलाहरुलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us