
पर्वत, २३ मंसिर– नेकपा–माओवादी विभाजित बनेपछि पर्वत जिल्ला कमिटीका सबैजसो नेता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा लागेका छन ।
मोहन वैद्य नेतृत्वको नेकपा– माओवादी पर्वतको २९ सदस्यीय जिल्ला कमिटीका २१ जना जिल्लाका नेताहरु चन्द नेतृत्वको माओवादीमा लागेका हुन ।
वैद्य नेतृत्वको नेकपा–माओवादीमा जम्मा २ जना मात्रै छन् भने ६ जना नेता पनि चन्दको पक्षमा लाग्ने भएका छन् ।
नेकपा माओवादी पर्वतका संयोजक गगनबहादुर थापाको नेतृत्वमा अधिकांश जिल्ला कमिटी र जनसंगठनका प्रमुखहरु चन्दको नेतृत्वमा गएका हुन् ।
जिल्ला संयोजक थापा, जिल्ला कार्यालय सदस्य बैगुण्ठ गिरी, जिल्ला सदस्यहरु ओमबहादुर पुन, नारायण जिसी, यज्ञ थापा, प्रकाश लामिछाने, धर्म पौडेल, तारा नेपाली, राम अधिकारी, धर्म सुवेदी, विष्णु भुसाल, प्रदीप थापा, ढकबहादुर क्षेत्री, बलबहादुर क्षेत्री, छलिमाया अधिकारी, टेकबहादुर क्षेत्री, सूर्य थापा, तिलक अधिकारी, हरि पौडेल, अनिल मास्के र राजेन्द्र तिवारीलगायत चन्द पक्षमा खेलेका छन् ।
वैद्य माओवादीमा भने दुर्गा गुरुङ र मिनराज केसी मात्र देखिएका छन ।
जनसंगठन मध्ये विद्यार्थी बाहेक सबै संगठनका प्रमुखले पनि चन्दलाई नै समर्थन गरेका छन् ।
जिल्ला कमिटीका अधिकांश चन्द नेतृत्वमा लागेपछि वैद्य माओवादी भने कमिटीबिहीन बनेको छ ।