
काठमाण्डु, २३ मंसिर– राष्ट्रपति रामवरण यादवले मुलुक लोकतन्त्र र धर्म निरपेक्षताबाट पछि हट्न नसक्ने बताएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीसँगको भेटमा उनले नेपालको अन्तरिम संविधानले प्रत्याभुत गरेको जनअधिकार कसैले खोस्न नसक्ने बताए ।
लोकतन्त्र र धर्म निरपेक्षता आपसमा परिपुरक रहेको र लोकतान्त्रिक संघीय गणतन्त्र सबैले स्वीकार गरीसकेकाले यसैमा सबैको भलो हुने उनको भनाइ थियो ।
महासंघ पदाधिकारीले धर्मनिरपेक्षताविरुद्ध विभिन्न समूह सक्रिय रहेको भन्दै त्यसबाट अल्पसंख्यक धार्मिक समुदाय अन्योलमा परेको बताएका थिए ।