काठमाण्डु, २३ मंसिर– राजधानीमा ट्रकको टक्करबाट घाइते भएकी एक युवतीको मंगलबार मृत्यु भएको छ ।
तीनकुनेमा सोमबार राति ट्रकको ठक्कारबाट गम्भी र घाइते उदयपुरकी २० वर्षीया निशा बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । उनको पेटमा गहिरो चोट लागेको थियो ।
तीनकुनेबाट बानेश्वरतर्फ आउँदै गर्दा उनी सवार बा ५६ प ६८६१ नम्बरको स्कुटरलाई सोही दिशामा रहेको ना २ ख ९६८४ नम्बरको ट्रकले सोमबार राति ८ बजेतिर ठक्कर दिएको थियो । उनलाई ट्रकले स्कुटरसहित करिब ५० मिटर परसम्म घिसारेको थियो ।
यसअघि आइतबार पनि बा २ ख ३७ नम्बरको बसले बा ६३ प ४३२४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बुद्धनगर बस्ने २० वर्षीया शान्ता हमालको घटनास्थलमै ज्यान गएको थियो ।