
मकवानपुर, २३ मंसिर– नेकपा– माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले आगामी माघ ८ संविधान जारी हुन नसक्ने बताएका छन् ।
मकवानपुरको हेटौंडामा मंगलबार सञ्चारकर्मीसँग उनले माघ ८ मा संविधान आउने नभई सरकार फेरिने बताए । ‘माघ ८ मा कुनै हालतमा संविधान आउँदैन’, बादलले भने, ‘बरु नयाँ प्रधानमन्त्री आउँछन् ।’
बादलले सरकारको नेतृत्व एमालेले गर्ने बताए । बादलको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीतिर थियो । उनले वर्तमान संविधानसभा नक्कली भएको आरोप पनि लगाए ।
बादलले वर्तमान संविधानसभा र सरकार विघटन गरी सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान बनाउने विधिबाट अपघ बढे मात्र राजनीतिक संकट अनत्य हुने उल्लेख गरे ।
अर्को फरक प्रसंगमा उनले पार्टीबाट अगल भएको नेत्रविक्रम चन्द समूहले क्रान्ति गर्नु हास्यास्पद भएको टिप्पणी गरे ।